चितवन, असार १२ । नारायणगढ–मुग्लिन सडक खण्ड नियमित रूपमा दुईतर्फी सञ्चालनमा आएको छ । आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले सो समयपछि सवारीसाधन सहजरुपमा आवतजावत गरिरहेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।
ढुङ्गा झारिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताउनु भयो । कामका लागि कार्यालयले ३ बजेअघि बन्द अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न अनुरोध गरेको थियो ।
कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको आचार्यको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्