काठमाडौं, असोज ८ । नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक अहिले चलिरहेको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठक सम्पन्न भएपछि आजै ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा केन्द्रीय कमिटीको बैठक बस्नेछ।
सचिवालय बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल भइरहेको जनाइएको छ। सचिवालय बैठकपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पनि पार्टीका विभिन्न विषयमा छलफल हुने बताइएको छ।
सचिव बस्नेतले सचिवालय बैठक जारी रहेको र त्यसलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिनुभएको हो।












प्रतिक्रिया दिनुहोस्