काठमाडौं, असोज ८ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। केन्द्रीय कमिटी बैठक जारी रहेकै अवस्थामा सचिवालय बैठक बोलाइएको हो।
सचिवालय बैठकपछि दिउँसो १२ः३० बजे केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ। सचिवालय बैठकले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव टुंगो लगाएर केन्द्रीय कमिटीमा पेश गर्ने तयारी गरेको छ।
बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय सदस्य मनोनयन तथा विभिन्न पार्टी विभाग र भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइन्चार्ज तोक्ने विषयमा छलफल हुने बताइएको छ।
यस्तै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनका सुझावका आधारमा केही पार्टी कमिटी र जनसंगठनका विषयमा पनि छलफल हुने भएको छ।
यसअघि एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए। प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित भइसकेको छ।












प्रतिक्रिया दिनुहोस्