जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १३:१३

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य


काठमाडौं,  फागुन १६। नेपालविरूद्धको टी–२० खेलमा नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा बुधबार नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो। नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन जोडे।

त्यसअघि ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५४ रन जोडे। अर्का ओपनर म्याक्स ओुडाउनद भने ४ रनमा आउट भए।
यस्तै कप्तान स्कट इडवार्ड पनि ३३ रनमा रनआउट भए। उनले १६ बलमा ५ चौका हिर्काए।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले १(१ विकेट लिए।