काठमाडौं, १८ फागुन । हिमालयन रिइन्स्योरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा, आइतबार फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले सेयरधनीहरुका लागि ४.२१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसैगरी, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो । त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
प्रतिक्रिया दिनुहोस्