काठमाडौं, २४ फागुन । शिवरात्रिको अवसरमा भक्तजनको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरेको छ । आज बिहान १० बजेदेखि शनिबार बिहान ६ बजेसम्म हेल्थडेक्स स्थापना गरेर सेवा प्रदान गर्ने भएको हो । भक्तजनको सुविधालाई ध्यानमा राखेर डाक्टर सहितको एम्बुलेन्ससमेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी अवस्थामा राखिएको छ ।
भक्तजनलाई सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँ नै उपचार गरिनेछ भने थप उपचार चाहिएमा एम्बुलेन्समार्फत नेपाल एपीएफ अस्पताल बलम्बु ल्याइने छ । यसैगरी शिवरात्रि अवधिभर २६ गतेसम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा एक हजार तीन सय बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ हुनेछ । पशुपतिनाथ परिसरमा डिएसपीको नेतृत्वमा कमान्ड पोस्ट स्थापना गरिएको छ भने सशस्त्र प्रहरी बल वारुणयन्त्र रामिहटी बौद्धबाट दमकलसहितको फौज तैनाथ गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्