जनता टाइम्स

२६ फाल्गुन २०८०, शनिबार १९:५८

नयाँ सत्ता गठबन्धन : सही कि गलत ?


यही बुझेर केपी ओली भन्ने गर्नुहुन्थ्यो– मुसो मोटाएर हात्ती हुँदैन, हात्ती दुब्लाएर मुसो बन्दैन । बिसं २०४६ को प्रजातन्त्रपछि शाक्तिमा आएका गिरिजाप्रसादले माले मसाले मन्डले एकै हुन भनेर भन्ने गर्थे । त्यही शक्ति उन्मादमा ०४८ देखि ०५१ सम्म एमालेका थुपै नेता– कार्यकर्तालाई गोली हानेर मारे । तर ०५१ सालको मध्यावधि निर्वाचन र त्यसपछिको हरेक निर्वाचनमा बामपन्थीहरुको जनमत देखेका गिरिजाले बामपन्थी नजुधाइ कांग्रेसको भविश्य छैन भन्ने ठाने । माओवादी शान्ति प्रकृयामा आउँदा उसलाई एमाले बराबर हैसियत दिनुपर्छ भन्ने कुराको अन्तर्य यसैमा थियो ।

गुरु भट्टराई

गठबन्धन बदलियो । नयाँ सरकार बनेको हैन, मन्त्रिमण्डल पुनर्गठन भएको छ । फरक यत्ती छ– नयाँ मन्त्री मन्डलमा देशकै ठुलो दल एमाले र रास्वपाको इन्ट्री भएको छ। ६३ साल कात्तिक २२ गतेको १२ बुँदे सम्झौता र ६२–६३ को जनआन्दोलनहुँदै माओवादी शान्ति प्रकृयामा आएपछि नै नेपाली कांग्रेसले माओवादीलाई आवश्यक भन्दा बढी प्राथमिकता दिएर बिघटिक प्रतिनिधि सभामा एमाले बराबर शक्ति भएको पुष्टी गर्न चाह्यो ।

बिसं २०६२–६३ को जनआन्दोलन र १२ बुँदे सम्झौताले समेत निर्देश गरेको बिषय भनेको बिघटित प्रतिनिधिसभाको पुनःस्थापना हुनु पर्छ भन्ने थियो । तर बिघटित प्रतिनिधिसभामा माओवादीको उपस्थिति नै थिएन र पनि कृतिम रुपमा माओवादीलाई एमाले बराबर शक्ती दिनुपर्छ भनेर तात्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले जोड गरे । माओवादीलाई एमालेको प्रतिस्पर्धी बनाउने र कांग्रेसले राज गर्ने उदेश्य यसमा निहित थियो । इतिहासमा २०५१ को मनमोहन अधिकारी सरकारहुँदै २ वटा चुनाव बिहोर्दा यो देशमा बामपन्थीहरुको बहुमत छ र ती सबै एकै ठाउँ आए नेपाली कांग्रेसको राजनीति समाप्त हुन्छ भन्ने बुझेका गिरिजाप्रसादले जानी बुझी माओवादीले समेत अपेक्षा नगरेको हैसियतमा दिए । पुनःस्थापित प्रतिनिधि सभामा एमाले बराबर हैसियत दिएर माओवादीलाई एमाले बराबर स्थापित गरिदिए ।

यही बुझेर केपी ओली भन्ने गर्नुहुन्थ्यो– मुसो मोटाएर हात्ती हुँदैन, हात्ती दुब्लाएर मुसो बन्दैन । बिसं २०४६ को प्रजातन्त्रपछि शाक्तिमा आएका गिरिजाप्रसादले माले मसाले मन्डले एकै हुन भनेर भन्ने गर्थे । त्यही शक्ति उन्मादमा ०४८ देखि ०५१ सम्म एमालेका थुपै नेता– कार्यकर्तालाई गोली हानेर मारे । तर ०५१ सालको मध्यावधि निर्वाचन र त्यसपछिको हरेक निर्वाचनमा बामपन्थीहरुको जनमत देखेका गिरिजाले बामपन्थी नजुधाइ कांग्रेसको भविश्य छैन भन्ने ठाने । माओवादी शान्ति प्रकृयामा आउँदा उसलाई एमाले बराबर हैसियत दिनुपर्छ भन्ने कुराको अन्तर्य यसैमा थियो । र आज पनि केही अफ्ठेरो परे कांग्रेसको त्यो गुण सम्झेर प्रचण्ड भन्ने गर्छन–दिवङ्गत गिरिजाबाबु सपनामा आएर मलाई अर्ती दिनु भो, त्यसकारण मैले फरक बाटो लिएँ ।

मैले इतिहास धेरै कोट्ट्याउन खोजेको हैन । नेपालमा बाम जनमत बढी छ भन्ने बुझेको कांग्रेस र अन्तरराष्ट्रिय पूँजीवादी शक्तिहरुले बामपन्थीहरुलाई एक ठाउमा बस्न नदिन अनेक प्रपञ्च रचिरहेकै छन । बिगत नेकपाको बिघटन र केपी ओली नेतृत्वको सरकार ढाल्ने अन्तर्य यसैमा गासिएको छ । वर्तमानमा शेरबहादुर देउवा र कांग्रेस त्यही बाटोमा हिँडेका कारण आज मुलुकले दुःख पाइरहेको छ ।

कथित माओवादी जनयुद्ध गर्नुपर्ने ४० बुँदे कारण र आज माओवादी कहाँ छ ? भनेर तुलना गर्ने हो भने त्यो युद्ध जनक्रान्ती थियो वा अन्य केही उदेश्यबाट सञ्चालित ? भन्ने प्रश्नहरुको चाङ लाग्छन । माओवादी युद्धका कारण जे जस्ता साकारात्मक परिवर्तन भए, ती सबै युद्ध सञ्चालकका अन्तिम उदेश्य थाहा नपाएका अबोध नागरिकहरुका कारण भए । किनभने युद्ध सञ्चालनका प्रमुख पात्रहरु आज वर्गीय रुपमा आफै परिवर्तन भएका छन तर युद्धमा ज्यान गुमाउनेहरुका सपना जहाँको त्यही छन । यसको जवाफ माओवादीसँग खोजियो भने ऊ सुन्नै चाहदैन । यस्तो प्रश्न गर्नेलाई ‘प्रतिगामी र ब्यवस्थाबिरोधी’ को बिल्ला भिराइदिन्छ । यसो भनेर मैले अपमान गर्न खोजेको होइन । माओवादी नेतृत्व र माओवादी आन्दोलनमा लागेर आफ्नो भविश्य देखेका आम नागरिकबीचको फरक छुट्याउन मात्रै खोजेको हुँँ । युद्धमा ज्यान गुमाउने वा मुलुक परिवर्तन गर्छौं भनेर लागेका आम योद्धाहरुको अपमान गर्न खोजेको हैन ।

अव वर्तमान राजनीतितिरै फर्कौं । उत्कृष्ठ काम गरेर स्थापित हुने भन्दा बामपन्थीहरुलाई फुटाए मात्र आफ्नो भविश्य देख्ने कांग्रेसका कारण आज पनि नेपाली राजनीति पिरोलिएको छ । कमसे कम न्यूनतम सिद्धान्त र दृष्टिकोणको राजनीति त गरोस कांग्रेसले भन्ने आम जनताको मात्रै हैन, कांग्रेसका भुईं तहका कार्यकर्ताको पनि चाहना छ । यस्तो चाहना बामहरुमा पनि पक्कै हुनुपर्छ । एमाले र कांग्रेसको प्रतिस्पर्धा देश र जनताका निम्ति परिणाम दिने कुरामा होस, न कि एकले अर्कोलाई सिध्याउने नाममा मुलुक बर्बाद गर्ने होडवाजीमा ।

नेपालमा बिचित्रको दृष्य देखिएको छ– विगत सरकार असफल भएको कुरा राजनीतिक दलले मात्र हैन, आम नागरिकले भने । तर सरकारको सम्पूर्ण शक्ति बोक्ने प्रधानमन्त्री उही राखेर उनका सहयोगी मन्त्री फेरेको भरमा देशले सही दिशा लिन्छ भन्ने असफल प्रयासमा फेरि मुलुक रुमल्लिएको छ 

२० बर्षअघि घुम्न गएको मुलुक आज हेर्न जाँदा पत्याउनै नसक्ने ढंगको बिकास गरेको देखिन्छ । तर आफ्नो मुलुक नेपाल जति बर्षपछि हेर्दा पनि जहाँको त्यँही । कुन नागरिकको मन रुदैन होला र ? देशमा युवा छैनन, थोरै पढेका युवाहरु खाडीतिर पसिना बगाउँदै छन । अलिक धेरै पढेका वा पैसा हुनेहरु युरोप–अमेरिकातिर भासिएका छन । खाडीतिर पसिना बगाउनेका दुःखका कुरा नगरौं, कुनै सीमा छैन । युरोप–अमेरिका भासिनेहरु पनि साँच्चै भन्ने हो भने शरणार्थी झै जीवन चलाइरहेका छन । आवरणमा के देखाउछन ?, के देखिन्छ ? यो फरक कुरा हो ।

देश किन बनेन ? हामीलाई थाहा छ– नेतालाई सरापेर मात्र देश बन्दैन । तर देश बन्छ र बनाउन सकिन्छ भन्ने विश्वाश आम नागरिकमा सिर्जना गर्नु त नेताहरुकै काम हो नि ? होइन र ? के यस्तो भैरहेको छ त ? विल्कुल छैन । राजनीतिका साना साना स्वार्थहरु पनि निजी स्वार्थ बनेर आज टोल–टोलमा पुगेका छन । राजनीति बेरोजगार र सामाजिक फटाहाहरुको पेशा बन्ने खतरा पैदा भएको छ । राजनीति इमान, तर्क, नीति, कार्यक्रम, दृष्टिकोण र सिद्धान्तमा चल्न छोडेको छ । त्यसैकारण राजनीतिमा भोली के हुन्छ भन्ने कुरा अनुमान गर्नसमेत नसक्ने अवस्था भएको छ ।

नेपालमा बिचित्रको दृष्य देखिएको छ– विगत सरकार असफल भएको कुरा राजनीतिक दलले मात्र हैन, आम नागरिकले भने । तर सरकारको सम्पूर्ण शक्ति बोक्ने प्रधानमन्त्री उही राखेर उनका सहयोगी मन्त्री फेरेको भरमा देशले सही दिशा लिन्छ भन्ने असफल प्रयासमा फेरि मुलुक रुमल्लिएको छ । निर्वाचन जित्नु वा निर्वाचित भएर नेताहरु आउनु फरक कुरा हो । मुलुक हाँक्ने दृष्टिकोण नै नभएको नेताको नेतृत्वमा काम गर्ने जोश, जाँगर भएका नेताहरुलाई होम्नु भनेको तिनलाई समेत नालायकको ट्याग भिराएर बहिर्गमन गर्ने कुरा हो । यसले खुबी भएका नेताहरुलाई समेत अलोकप्रिय बनाउँछ र अन्ततः यसको दुष्परिणाम मुलुकले भोग्नुपर्छ । हामी सक्षम नेताहरुलाई समेत नालायक बनाउने खेलमा लागेका छौं । यसबाट बाहिर निस्किन जरुरी छ ।

वर्तमानको समस्या राजनीतिक दल अलोकप्रिय भएर मात्र आएको हैन । यसका बहुआयामिक पाटा छन । तर यसको मुख्यकारण हाम्रो संबिधानको ब्यबस्था हो भन्ने स्विकार्न अब ढिलो गर्नुहुँदैन । हामीले हाम्रो निर्वाचन प्रणाली सुधारेनौं भने मुलुक दुर्दशामा जाने मात्र हैन, यो मुलुकको लोकतन्त्र नै चल्ने अवस्थामा रहदैन । कहिलेसम्म च्याँखे दाउ हेरेर बसेका दलहरुको ब्ल्याकमेलमा यो देशको राजनीति चल्छ ? यसका निम्ति देशका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस एक ठाऊमा आउन जरुरी छ ।

संबिधानको यो गम्भिर त्रुटीलाई सुधार्न आवश्यक छ । नेपालका अधिकांश कानून ध्वस्त गरेर पुनर्लेखन गर्नुपर्ने छ । राणाकालिन कर्मचारी संरचना पुरै बदल्नु पर्नेछ । कानूनका सवालमा आजसम्म डोकोभित्रबाट मात्र समाधान खोजियो, जस्ले टालटुलेबाहेक उपयुक्त समाधान दिन सकेन । अब सरकारले बक्स बाहिरबाट यसको समाधान खोज्ने प्रयत्न गर्नुपर्छ । सामान्य रुपमा फरक ढंगले कानूनी ब्यबस्था गर्दा समाधान हुने बिषय पनि डोको भित्रकाले पहिल्याउन नसकेको देखिन्छ । भुत्ते खुकुरीले रुख काट्ने प्रयत्न गर्दा हाम्रा प्रधानमन्त्रीहरु नालायक बनेका छन । हतियारमा धार लाउनु पर्नेछ भन्ने जान्न पनि प्रधानमन्त्रीको ज्ञान चाहिन्छ ।