काठमाडौं, चैत १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा सम्वाद हुने भएको छ ।
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो सम्वाद हुन लागेको हो । स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म उहाँहरूबीच लाइभ सम्वाद हुने भएको छ ।
सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने छ । सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने आयोजक समिति सदस्य रहनुभएका प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले बताउनु भयो ।
आजबाट सुरु भई चैत ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ । महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइने छ ।













प्रतिक्रिया दिनुहोस्