काठमाडौं, चैत ३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमाले नेतृत्वको गठबन्धन बनेपछि पार्टीलाई फाइदा नै फाइदा भएको तथ्य सुनाउनु भएको छ । रौतहट काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो तथ्यांक सुनाउनु भएको हो ।
फाइदाको सूची सुनाउनु क्रममा नेपालले नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने बताउनु भयो । अध्यक्ष नेपालले नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा एकीकृत समाजवादील अझै एक मन्त्रालय पाउने भन्दै यो फाइदा होइन त ? भन्दै प्रश्न गर्नुभएको थियो ।
‘आ–आफ्नो संख्यामा आधारमा विभि संख्यामा मन्त्रीहरू पठाइएका छन । हाम्रो पार्टीले तीनवटा मन्त्री पाउँछ । दुइटा पठाएको छ । अर्को पनि हामी समयक्रममा पठाउनेछौं,’ नेपालले भन्नुभयो ।
अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्षदेखि कार्यकर्तासम्मले अहिले नेकपा एकीकृत समाजवादीलाई मन पराउन थालेको भन्दै त्यो पनि पार्टीका लागि फाइदा नै भएको तर्क गर्नुभयो ।
हिजो अनुहार नै हेर्दैन थिए, आज माया गरिरहेका छन, यो फाइदा नै हो, मन्त्रालय पनि थप पाउने भएका छौं, यो झनै फाइदा हो, नियुक्तिमा पनि हाम्रो भाग पाउँछौं,’ नेपालको भनाई थियो ।गठबन्धनमा भने नेकपा एसलाई दुई मन्त्रालय दिने सहमति भएको छ ।
सहमतिअनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री हुनुहुन्छ ।
अध्यक्ष नेपालले प्रदेश सरकार पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने र राजनीतिक नियुक्तिमा पनि आफ्ना मान्छेहरू पठाइने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्