काठमाडौं, चैत ७ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।
सञ्जय शाहीको हत्या गरी फरार रहेका सोलुखुम्बुका तिखे भन्ने तेजबहादुर राईलाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । चैत ५ गते सोमबार पक्राउ परेका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
कार्यालयका डीएसपी सुरक्षा केसीका अनुसार २०५९ असोज १४ गते सञ्जयको हत्या गरी राई फरार भएका थिए । काठमाडौंको मरुढोका ईनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र सञ्जयको हत्या भएको थियो । फलामको रडले सञ्जयको टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली राई फरार थिए ।
राइलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्