जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार १४:१८

राप्रपाको आपत्तिजनक हर्कत, राष्ट्रपति-पूर्वराष्ट्रपति र प्रधानमन्त्री-पूर्वप्रधानमन्त्रीलाई गर्यो रावण घोषणा


काठमाडौं, चैत २७ राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्तिजनक पोस्टर प्रदर्शन गरेको

राप्रपाले आज आयोजना गरेको जुलुसमा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्रपौडेलसहित पूर्वराष्ट्रपतिहरूलाई रावण घोषणा गरेको हो

राप्रपाले आज काठमाडौंमा गरेको बिरोध प्रदर्शनमा गणतन्त्रका रावणहरू भनेर राष्ट्रपति, पूर्वराष्ट्रपतिसहित प्रमुख दलका शीर्ष नेताको तस्वीर राखेर प्रदर्शन गरिएको

प्रदर्शनमा राष्ट्रपतिपौडेलसहित संस्थापक राष्ट्रपति डा. रामबरण यादव, पूर्वराष्ट्रपति बिध्यादेवी भण्डारी, प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबाहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल डा. बबुराम भट्टराईलाई रावण घोषणा गरी पोस्टर प्रदर्शन गरेको थियो

सो प्रदर्शनमा प्रदर्शनकारीलेनिषेधित क्षेत्र तोडेका छन काठमाडौंको विभिन्न ठाउँबाट र्‍यालीसहित केन्द्रिकृत जुलुस अध्यक्षराजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको हो राप्रपाको जुलुस उग्र बनेपछि

सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्याससाथै पानीको फोहोरा प्रहार गरेको

गत फागुन गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमाहोमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो

सो क्रममाराप्रपाले राष्ट्रपतिलाई रावन चित्रित गरेर होस गुमाएको हो