जनता टाइम्स

३२ जेष्ठ २०८१, शुक्रबार ०१:३९

नेपाल प्रहरीका चार एसपी एसएसपीमा बढुवा, जिम्मेवारी पनि तोकियो


काठमाडौं, जेठ ३२ । गृह मन्त्रालयले चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले मन्त्रीस्तरीय निर्णय लिई चार एसपीलाई एसएसपीमा बढुवा गर्नुभएको हो । यसरी बढुवा हुनेमा श्यामकृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नान्तीराज गुरुङ हुनुहुन्छ ।

गृहमन्त्री लामिछानेले चारै जना एसएसपीको पदस्थापनसमेत गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।