काठमाडौं, असार ५ । सर्वाेच्च अदालतले इलाम क्षेत्र नम्बर २ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गर्नुभएको रिट खारेज गरेको छ ।
प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिटमाथि आज फैसला गर्दै खारेज गरिदिएको हो । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री खनाल नेकपा एमालेका महेश बस्नेतसँग हारेपछि पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले उक्त निर्णय लिएको हो । सोही क्षेत्रमा मतगणना दोहोर्याइ पाउँ भन्दै महेन्द्र यादवले दायर गर्नुभएको रिट पनि संबैधानिक इजलासले खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्