काठमाडौं, १३ असार । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले कोदो र चामलबाट बनाइने तीनपाने रक्सीलाई बोतलमै सिलबन्दी गरेर विदेश निर्यात गर्ने प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले घरेलु मदिरा खुला गरेकोप्रति धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो,‘कोदो खेतीलाई चैते धानलाई जस्तै गरेर देशको हरेक भू–भागमा उत्पादनमा जोड दिऔं । कोदो उत्पादन बढाउन ब्रान्डिङ नै गरौं । कोदो र चामलबाट बनाइने तीनपाने रक्सीलाई बोतलमा सिलबन्दी गर्ने व्यवस्था गरौं र, बोतलमा लेबल नै राखौँ । तीनपाने अर्ग्यानिक आदिवासी जनजाति रक्सी भनेर लेबल राखौँ र विदेश सप्लाई गरौँ ।’
लोकल रक्सी विदेश निर्यात गर्दा देशको अर्थतन्त्र पनि सुधार हुनुका साथै आदिवासीको जनजातिको जीवनस्तर पनि माथि उठ्ने उहाँको आंकलन छ ।













प्रतिक्रिया दिनुहोस्