काठमाडौं, साउन २४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आँशिकदेखि साधारणतया बदली रहेको देखिन्छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्