जनता टाइम्स

३१ श्रावण २०८१, बिहीबार १२:१२

नेप्सेले पार गर्यो ३ हजार बिन्दु


काठमाडौं, साउन ३१ । शेयर बजारमा नेप्से परिसूचक ३ हजार नाघेको छ ।

साताको पाँचौं दिन बिहीवार कारोबार भएको ४ मिनेटमा नै नेप्से ३००१.१० बिन्दु पार गरेको हो । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।

यति वेलासम्ममा नै ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।