काठमाडौं, ३२ साउन । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ ।
आज सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएको हो ।
पुन पुर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हो । सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्