जनता टाइम्स

२९ भाद्र २०८१, शनिबार १९:२९

सहकारी ठगि संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली


काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित हुनुभएको छ । समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि आज प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविनबारे भएको प्रगतिबारे जानकारी लिएको थियो ।

विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ । समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।