जनता टाइम्स

२ आश्विन २०८१, बुधबार १६:०८

यस वर्ष सञ्चार क्षेत्रका धेरै समस्या समाधान गर्ने सञ्चारमन्त्री गुरुङको दृढता


काठमाडौं, असोज २। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्र राज्यको नजरमा पर्नुपर्ने बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री उनले गुरुङले सञ्चार क्षेत्र राज्यको नजरमा पर्न नसकेको क्षेत्र भएको बताउनुभयो । सञ्चार क्षेत्र अहिले पनि सबै पुराना कानुनले चलिरहेका बताउँदै उहाँले यस्तो संवेदनशील क्षेत्रमा पनि राज्यको ध्यान पुग्न नसकेको बताउनु भयो ।

सञ्चार क्षेत्र आफैँमा जटिल र संवेदनशील क्षेत्र भएको उहाँले बताउनुभयो । तर त्यस्तो क्षेत्र पनि पञ्चायतकालीन कानुनले चल्दै आउनु निकै चिन्ताको बिषय भएको भन्दै उहाँले सुधारका लागि काम अघि बढाइएको बताउनु भयो । ‘नयाँ नीति, कानुन केही छैन, मुलुकमा गणतन्त्र आइसक्यो, तर कानुनमा केही पनि परिवर्तन छैन, यो सबैभन्दा संवेदनशील क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो, अब यसको सुधार गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले सञ्चार क्षेत्रमा नीतिगत, कानुन, बजेट, जनशक्ति लगायतको समस्या कहाँ छ भनेर सबै पहिल्याई समाधान खोज्नु पर्ने बताउनुभयो । यस वर्ष सञ्चार क्षेत्रका धेरै समस्या समाधान गरिने उहाँले बचन दिनुभयो ।