काठमाडौं, कात्तिक १४ । प्रहरी महानिरीक्षक (आइजीपी) बशन्तबहादुर कुँवरले मध्यरातमै दुई जना प्रहरी उच्च अधिकारीलाई फूली लगाउनु भएको छ ।
सरकारले मंगलबार साँझ मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवा गरेका दुई जना प्रहरी उच्च अधिकृतलाई मध्यरात दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) किरण राणा र सुन्दरप्रसाद हैजुलाई बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरू दुवैजनालाई आईजीपी कुँवरले मंगलबार राति नै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिनुभयो।
एआईजी राणा आज एक दिनमात्रै जिम्मेवारी सम्हालेर आजै रातिबाट अवकाशमा जाँदै हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्