जनता टाइम्स

३० मंसिर २०८१, आईतवार ११:५३

सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, मङ्सिर ३० । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू दुई हजार दुई सयले घटेको हो ।

शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।