जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार २०:३५

ई–सेवामा समस्या


काठमाडौं, ५ जेठ । मोबाइल वालेट सर्भिस प्रोभाइडर ई–सेवामा समस्या देखिएको छ । सोमबार साँझबाट ई–सेवाको सिस्टममा समस्या देखिएको ई–सेवाका एक कर्मचारी बताउनुहुन्छ । उहाँका अनुसार ई–सेवामा समस्या आएको छ। यसबारेमा अनुसन्धान भइरहेको छ । के भएर समस्या भएको भन्‍नेबारे अझै बुझ्न थाहा पाउन सकिएको छैन उहाँले भन्नुभयो । ई–सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् ।
सिस्टममा समस्या देखिएसँगै कारोबार ठप्प हुँदा सेवाग्राही भने समस्यामा परेका छन् । मोबाइल वालेटमा गरिएको कारोबार देखाएको छैन ।
एफ वान सफ्टले निर्माण गरेको ई–सेवामा समस्या आएपछि ह्याकिङ भएकोसमेत आशंका गरिएको छ । ६ महिनाअघि एफ वान सफ्टको बैङ्क खाता नै ह्याक भएको थियो । कम्पनीले सिटिजन्स बैंकमा राखेको रकम ह्याकरले झिकेर लगेको थियो ।