जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १४:५६

अराजक बन्दै राजावादी प्रदर्शनकारी, व्यापारी घर–पसलमा तोडफोड


काठमाडौं, १५ चैत।  राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित भएका छन्। उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका छन्।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्।