काठमाडौं, वैशाख ३ । सर्वोच्च अदातलले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सीइओ शेरचनको पक्षमा आदेश दिई विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । अदालतबाट शेरचनको पक्षमा अन्तरिम आदेश आएको हो ।
शेरचन प्रभु र सेन्चुरी बैंकको मर्जरपछि पुनः सीइओ नियुक्त हुनुभएको थियो। त्यसरी पुनः सीइओ बन्न नपाइने भनी उहाँविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको थियो । अदालतले शेरचनको पक्षमा आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्