जनता टाइम्स

८ बैशाख २०८२, सोमबार ०९:२२

प्रचण्ड पुत्री रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष– तपाईँको बाउ र पार्टी दुवै ठिक छैन


काठमाडौं, ८ बैशाख । धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गर्नुभएको छ । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको समेत दाबी गर्नुभएको छ ।

भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताउनुभएको छ । उहाले लेख्नुभएको छ ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उहाँले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिनुभएको छ ।
केही दिन अघि मेयर दाहालले हर्क साम्पाङले ठुला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ आक्रोशित हुनुभएको हो । उहाँले दाहालका बुवा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत मेयर रेणुलाई गाली गर्नुभएको छ। उहाँ लेख्नुभएको छ , ‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त ?’
उहाले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत प्रचण्डलाई लगाउनुभएको छ । उहँले लेख्नुभएको छ, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ।’

उहाँले अहिलेका पाटी ठिक नभएको र विभेद गरेको आरोप लगाउनुभयो । उहाँले लेख्नुभएको छ, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ? ।’

उहँले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाउनुभयो । ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे । उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ ।