काठमाडौं, ९ वैशाख । सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४७ जना सहसचिवको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको हो। हालै सहसचिवमा बढुवा भएकाहरूको पनि कार्यालय तोकिएको छ।
सरकारले सचिवमा बढुवा हुनुभएकी चन्द्रकला पौडेलको स्थान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बलराम रिज्याललाई पठाएको छ।उहाँ यसअघि गृह मन्त्रालयमा हुनुहुन्थ्यो । गृह मन्त्रालयका भीष्मकुमार भुसाल प्रधानमन्त्री कार्यालय पुग्नुभएको छ । सुन तस्करी प्रकरणमा विवादित भएका अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयबाट बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ।
हेरौँ को कहाँ ?
प्रतिक्रिया दिनुहोस्