काठमाडौं, बैशाख १५ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोष सञ्चालक समिति बिस्तार गरेको छ । एक करोड राशीको राहत कोष स्थापना गरेसँगै सञ्चालक समिति बिस्तार गरिएको अध्यक्ष सञ्जय थापाले बताउनु भयो ।
अध्यक्ष थापाका अनुसार शालिग्राम पन्त अध्यक्ष रहनुभएको श्रमिक राहत कोषको सचिवमा मोहन रायमाझी र सदस्यहरुमा रबि बञ्जाडे, दिपक सापकोटा र दयाराम कुमाललाई तोकिएको छ ।
सन २०२४ को फेब्रुअरीमा मलेसियामा सम्पन्न अन्तराष्ट्रिय कमिटीको भौतिक बैठकले श्रमिक राहत कोष स्थापना गर्ने निर्णय गरेअनुसार गत महिना कुमारी बैंकमा एक करोड रकम जम्मा गरेर कोष खडा गरिएको छ ।
पन्तको नेतृत्वमा यसअघि ३ सदस्यीय समिति रहेकोमा अन्तराष्ट्रिय कमिटीले कोष सञ्चालक समितिको सचिवमा रायमाझी र सदस्यमा कुमाललाई थप गरिएको अध्यक्ष थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्