जनता टाइम्स

१८ बैशाख २०८२, बिहीबार ०६:३५

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य


काठमाडौं, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।