नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा आज साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् ।
विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरु जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरुका साथीहरुले बताएका छन् ।
बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरुको अवस्था आज राति १० बजेसम्म पत्ता लाग्न नसकेको बेलकोटगढी–७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए ।
स्थानीयवासीको साथमा सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना)मार्फत उनीहरुको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्