काठमाडौं, १ जेठ। सरकाले बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकहरूको छानबिन आयोगका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्त्वपूर्ण आयोगमा पदाधिकारी नियुक्त गरेको हो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नियुक्त हुनुभएका सङ्खुवासभाका महेश थापा उच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । उहाँको न्यायिक क्षेत्रमा लामो अनुभव छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा सरकारले तेह्रथुमकी लीलादेवी गड्तोलालाई नियुक्त गरेको छ । पूर्व मुख्यसचिव नेपालको कर्मचारी प्रशासनको उच्च ओहदामा पुग्ने पहिलो महिला पनि हो । केपी ओली प्रधानमन्त्री भएकै बेला उहाँ नेपाल सरकारको मुख्य सचिव हुनुभएको थियो ।
दुवै आयोगमा अध्यक्ष र सदस्यहरू नियुक्त भएपछि अब शान्ति प्रक्रियाको बाँकी कामले गति लिने विश्वास लिइएको छ । माओवादीले २०५२ सालदेखि २०६२ सासम्म सञ्चालन गरेको शस्त्र द्वन्द्व शान्ति सम्झौता गरेर शान्ति प्रक्रियामा आएको भए पनि सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको छानबिन लगायतका काम अघि नबढ्दा पीडितले न्याय पाउन सकेका छैनन् । पीडित पक्ष दुई दशक भन्दा लामो समयदेखि न्यायको पर्खाइमा छन् ।
प्रतिक्रिया दिनुहोस्