काठमाडौं, ५ जेठ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको बताइएको छ । त्यस्तै यस पटकको कार्यक्रममा सुरु गरेर पुरा हुन बाँकी रहेका योजनालाई प्राथमिकतामा राखिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्