जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार १०:४३

सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने दाबी गरेका हुन् । साथै सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनले बताए ।

सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलले जिकिर गरे । ‘दुई दलबिच असमझदारी हुँदासम्म सरकार ढल्दैन’, उनले भने, ‘असमझदारी नभए पछि कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’