काठमाडौं, ७ जेठ । नेकपा एमाले धनुषाको रोकिएको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न आज मतदान हुँदै छ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा आज नेतृत्व चयनको लागि मतदान हुँदै छ । पार्टीको जिल्ला अध्यक्षमा भोला यादव र लक्ष्मीनारायण यादव प्रतिष्पर्धामा हुनुहुन्छ । दुवै नेता प्यानल नै बनाएर चुनावी मैदानमा हुनुहुन्छ ।
यसै गरी उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव प्रतिष्पर्धामा हुनुहुन्छ । यसै गरी सचिवमा दीपनारायण ठाकुर, धिरेन्द्रकुमार मण्डल प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।
उपसचिवमा सविन विक्रमथापा, सुरेश ठाकुर र हरिकिसोर यादव प्रतिष्पर्धामा हुनुहुन्छ । महिला उपसचिवमा किरण कापर, रुकाकुमारी मिश्र र शारदा घिसिङले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारको विषयमा दुई समूहबिच विवाद भएपछि बैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो । सोही रोकिएको निर्वाचन आज हुन लागेको हो ।
निर्वाचनका लागि ६ सय २८ जनालाई मतदाता रहेका छन् । मतदानको लागि सुरक्षा व्यवस्था कडा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्