काठमाडौं, १० जेठ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले र कांग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै कांग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न कांग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताउनुभयो ।
उहाँले कांग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको दावी गर्नुभयो । एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरासमेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन कांग्रेस सरकारमा सहभागी रहेको उहाँले बताउनुभयो । उहाँले केहि नेताहरुले सरकारको विरोध गरेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्