काठमाडौं, जेठ १३। चीन भ्रमणमा रहनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय भेटबार्तामा ब्यस्थ रहनुभएको छ । भ्रमणको क्रममा भण्डारी नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटबार्ता गरेको छ ।
चीनको भ्रमणमा रहनुभएका भण्डारी र लिउ बिच चीनको बेइजिङमा भेटघाट भएको हो । भेटका क्रममा विश्व राजनीति तथा दुई देश बिचको सम्बन्धका बारेमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्