जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १८:०९

काभ्रेमा बस दुर्घटनाः कृष्णकुमारीको मृत्यु, बुहारी र नातिनी घाइते


काभ्रेपलाञ्चोक, २१ जेठ । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका(६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेकोबा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए । मध्ये ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिनुभयो ।