जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार ११:५५

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ


काठमाडौं, मंसिर ३ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य ३ हजार ३८० रुपैयाँ थियो ।

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।