जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १८:२८

सुदूरपश्चिममा तीनजनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २१ जेठ ।  सुदूरपश्चिम प्रदेशमा बितेको २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार, सीमा नाकामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीको गौरीफन्टा नाकामा परीक्षणका क्रममा कोरोना देखिएको केन्द्रले जनाएको छ । भारतमा कोरोना संक्रमण देखिन थालेपछि नेपालका नाकाहरूमा कडाइ गरिएको छ ।