जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार ०६:३७

तत्काल ठूलो पानी नपर्नेः पर्सिदेखि पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने सम्भावना


काठमाडौं, २५ जेठ । आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सिदेखि देशका पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।

यसवर्षको मनसुन कोशी प्रदेशमै रोकिदा बदली र वर्षा कम भएको महाशाखाले जनाएको छ । यस वर्ष औषत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन दश दिनसम्म पनि अगाडी बढ्न सकेको छैन । कोशी प्रदेशमै पनि मनसुन शिथिल छ ।

कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलने गथ्र्यो । गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात असार १० गते देशभर फैलिसकेको थियो । अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढी रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको महाशाखाको भनाइ छ ।