जनता टाइम्स

२ असार २०८२, सोमबार ०५:५९

गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा


काठमाडौं, २ असार । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वत ८१ र बाग्लुङमा ७८ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पाल्पा, म्याग्दी, लमजुङ, बाँकेलगायतका ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

पर्वतको पन्चासे वर्षामापन केन्द्रमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।