- इरानको आणविक कार्यक्रम र जारी नाकाबन्दीका विषयमा अमेरिका र इरानबीच आइतबार वार्ताको तयारी भइरहेको बेला भयानक आक्रमण भएको हो । यो घटनापछि अन्तराष्ट्रिय समुदाय तरंगित बनेको छ ।
काठमाडौं, असार १ । इजरायल–इरानबीच भीषण लडाईं भएको छ । आक्रमणपछि इरानको आणविक कार्यक्रम र उसमाथि जारी नाकाबन्दीका विषयमा अमेरिका र इरानबीच आइतबार ओमनको मस्कटमा वार्ताको तयारी भइरहेको बेला आफूमाथि भयानक आक्रमण भएकाले अब वार्ताको औचित्य नभएको प्रतिक्रिया इरानले दिएको छ ।
इजरायलले दोस्रो दिन शनिबार पनि इरानविरुद्धको हवाई आक्रमणलाई निरन्तरता दिएको छ । इरान पनि जवाफी हमलामा उत्रिएको छ । इरानविरुद्ध ‘अपरेसन राइजिङ लायन’ चलाइरहेको इजरायलका अधिकारीहरूले डेढ सयभन्दा बढी निसानामा आक्रमण गरिएको जनाएका छन् । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार इजरायलले घातक हतियारसमेत प्रहार गरेको छ ।
अपरेसन राइजिङ लायन : इजरायलले शुक्रबार बिहान सुरु गरेको सैन्य अपरेसन विगत ३० वर्षयताकै ठूलो हमला मानिएको छ । इजरायलका दुई सय जहाजले एक सयभन्दा बढी निसानामा हमला गर्दा इरानका सेना प्रमुखसहित शीर्ष कमान्डर तथा ६ जना आणविक वैज्ञानिक पनि मारिए । हमलामा अहिलेसम्म ८० जना मारिएको त्यहाँको सरकारले पुष्टि गरेको छ । इजरायलले नतान्ज, एस्फहान, अरेक, फोर्दोमालगायतका आणविक केन्द्र, क्षेप्यास्त्र अड्डा, एयरबेस र विमानस्थललाई निसाना बनाएको छ ।
इरानलाई ठूलो धक्का, भारी क्षति : इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी तथा रिभोलुसनरी गार्डस्का प्रमुख होसेन सलामी नै मारिएकाले इरानको मनोबलमा अभूतपूर्व धक्का लागेको छ । त्यस्तै नतान्जस्थित आणविक केन्द्रको संरचना पूर्णरूपमा ध्वस्त बनाएको इजरायलको दाबी छ । इजरायली जासुसी संस्था मोसादले इरानभित्रैबाट ड्रोन हमला गरिरहेको छ । त्यस्तै इरानको पश्चिमी हवाई क्षेत्र पूर्ण नियन्त्रणमा लिएको इजरायलको दाबी गरेको छ ।
अपरेसन ट’ प्रमिस-थ्री : शुक्रबार साँझदेखि इरानले सुरु गरेको प्रत्याक्रमणमा सयौं ड्रोन र १ सय ५० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । इजरायली सेना आईडीएफको मुख्यालयलाई निसाना बनाएको इरानले त्यहाँ पनि गम्भीर क्षति पुर्याएको दाबी गरेको छ । उता इजरायलले धेरैजसो आक्रमण निस्तेज बनाए पनि केही क्षेप्यास्त्र तेलअवीवमा खसेका छन, जसले केही संरचनामा क्षति गरेको छ । इरानी आक्रमणमा चार इजरायली मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।
‘वाक्य’ युद्ध जारी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आक्रमण रोकेन भने ‘तेहरान जल्नेछ’ भनेर चेतावनी दिनुभएको छ । उता इरानी सर्वोच्च नेता आयोतोल्लाह अलि खोमेनीले ‘आफ्ना कमान्डरहरूको सहादतको मूल्य उठाउन इरानलाई कुनै पनि शक्तिले रोक्न नसक्ने’ दाबी गर्नुभएको छ । उहाँले सेनापतिसहितका पदमा नयाँ कमान्डरलाई बढुवा गरेका छन् र यो युद्धमा साथ दिन जनतालाई आह्वान पनि गर्नुभएको छ ।
विश्वको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा हमला : दक्षिण इरानको अबादन प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा इजरायलले ड्रोन हमला गरेपछि त्यहाँ भीषण आगो लागेको छ । अबादन विश्वकै सबैभन्दा ठूलो र पुरानो प्राकृतिक ग्यास प्रशोधन केन्द्र भएको दाबी गरिएको छ । उक्त केन्द्रमा भएको क्षतिले इरानलाई आर्थिक रूपमा कमजोर बनाउने मात्र होइन, पेट्रोलियमको अन्तर्राष्ट्रिय बजारमा तत्कालै नकारात्मक असर पर्ने विश्लेषण छ ।
तेल र विश्वबजारमा असर : इजरायल–इरान युद्धले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ११ प्रतिशतसम्म बढेको छ । त्यस्तै, इरान, इराक, जोर्डन र इजरायलका हवाईमार्ग अहिले अवरुद्ध छन्, यसले अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
अमेरिकी भूमिका : इरानको आणविक कार्यक्रम र उसमाथि जारी नाकाबन्दीका विषयमा अमेरिका र इरानबीच आइतबार ओमनको मस्कटमा वार्ताको तयारी थियो । तर, आफूमाथि भयानक आक्रमण भएकाले अब वार्ताको कुनै औचित्य नभएको प्रतिक्रिया इरानले दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायली हमलामा अमेरिकाको कुनै भूमिका नभएको दाबी गर्दै ‘वार्ताबाट भागे इरानको आत्मघाती र ऐतिहासिक भूल हुने’ चेतावनी दिनुभएको छ । अमेरिकाले अहिलेसम्म हमलामा प्रत्यक्ष भाग नलिए पनि इजरायली प्रतिरक्षा प्रणालीलाई भने सहयोग गरिरहेको छ ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया : संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जी–सेभनलगायतले संयम अपनाउन दुवै देशलाई आग्रह गरेका छन् । त्यस्तै, इजरायलले अन्तर्राष्ट्रिय कानुन र इरानको सार्वभौमिकतामाथि आक्रमण गरेको भन्दै साउदी अरबले आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पसँग शनिबार टेलिफोन संवाद गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली हमलाको निन्दा गरेका छन् । इजरायललाई उक्साएको भन्दै इरानले अमेरिका, बेलायत र फ्रान्समाथि पनि आरोप लगाएको छ ।
अमेरिकी भूमिका : इरानको आणविक कार्यक्रम र उसमाथि जारी नाकाबन्दीका विषयमा अमेरिका र इरानबीच आइतबार ओमनको मस्कटमा वार्ताको तयारी थियो । तर, आफूमाथि भयानक आक्रमण भएकाले अब वार्ताको कुनै औचित्य नभएको प्रतिक्रिया इरानले दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायली हमलामा अमेरिकाको कुनै भूमिका नभएको दाबी गर्दै ‘वार्ताबाट भागे इरानको आत्मघाती र ऐतिहासिक भूल हुने’ चेतावनी दिनुभएको छ । अमेरिकाले अहिलेसम्म हमलामा प्रत्यक्ष भाग नलिए पनि इजरायली प्रतिरक्षा प्रणालीलाई भने सहयोग गरिरहेको छ ।
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90इजरायल र इरानबीच द्वन्द्व चर्किएकै बेला इराकले आफ्नो भूमिमा रहेको अमेरिकी बेस क्याम्पलाई निसाना नबनाउन तेहरानलाई आग्रह गरेको छ । इराकको सरकार इरानको नजिकको सहयोगी हो तर इरानले कट्टर शत्रु मान्ने अमेरिकाको रणनीतिक साझेदार पनि हो । इराकमा लगभग २ हजार ५ सय अमेरिकी सैनिक छन् ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटेरेसलाई इजरायली सेनाविरुद्ध तत्काल कारबाही गर्न आग्रह गर्नुभएको छ । फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथि प्रहार गरेको तर्क गर्नुभएको समाचार एजेन्सीहरुले जनाएका हुन । राष्ट्रसंघीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि आफ्नो जिम्मेवारी पूरा गर्नपर्नेमा जोड दिनुभएको छ ।
इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्ने उहाँको भनाइ छ । महासचिव गुटेरेसले पश्चिम एसियामा जारी तनाव रोकी शान्ति र स्थिरता पुनःस्थापना गर्न राष्ट्रसंघले पूर्ण क्षमता प्रयोग गर्ने बताउनु भएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कङले इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लंघन गर्ने इजरायलको कार्यलाई निन्दा गर्नुभएको छ । चीन तनाव र द्वन्द्व विस्तारको विरोधमा भएको जनाउँदै उहाँले इजरायली अपरेसनको परिणामबारे चिन्तित रहेको जनाउनु भएको छ ।
सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले द्वन्द्व बढ्दा कसैको हित नहुने उल्लेख गर्दै इजरायललाई सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह पनि गर्नुभएको छ । इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नपर्ने पनि उहाँले बताउनु भएको छ ।
आईएईएको प्रतिवेदन : इजरायली आक्रमणबाट इरानको आणविक संरचनामा गम्भीर क्षति पुगेको प्रतिवेदन अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले दिएको छ । तर, आक्रमणबाट विकिरण चुहावटको कुनै संकेत नदेखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य आणविक केन्द्रहरू इरानले तीव्र रूपमा काम गरिरहेकाले जोखिम भने बाँकी रहेको सो संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्