काठमाडौं, ३ असार । प्रतिनिधिसभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे निरन्तर अवरोधपछि स्थगित भएको छ।
बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस्दै बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। रास्वपाको मागमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समर्थन जनाएको छ।
आजको बैठक चलाउन सभामुख देवराज घिमिरेले गृह मन्त्रीसहित ठूला पाँच दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गर्नु भएकाे थिए। तर, बैठक अघि कुनै सहमति नजुटेपछि बैठक स्थगन गर्ने निर्णय गरिएको हो। यस अिघि दिउँसाे सुरु भएकाे बैठक सभामुखले आधाघण्टाकाे लागि राेक्नु भएकाे थियाे ।
सभामुख घिमिरेले राजनीतिक सहमति जुटाउने प्रयोजनका लागि दलहरूलाई आपसी संवाद र छलफल गर्न आग्रह गर्नु भएकाे छ । संसद अवरोध भइरहँदा महत्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् भने बजेटसम्बन्धी छलफलसमेत प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस्