जनता टाइम्स

७ असार २०८२, शनिबार १८:५८

अदालतमा हाजिर हुँदै माधव नेपाल, यस्तो छ तयारी


काठमाडौं, असार ७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने हुनुभएको छ ।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा हाजिर हुन लाग्नुभएको हो । पतञ्जली जग्गा प्रकरणमा दुई साताअघि नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्धा दायरसँगै माधवको सांसद पद निलम्बन भएको छ ।

उहाँबिरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित मुद्दा दायर भएको थियो । नेपाल सोमबार हाजिर भएमा त्यसपछि बयान शुरु हुन्छ । मुद्दाका कागज र अन्य प्रमाणमाथि केन्द्रित रही बहसको काम त्यसपछि हुन्छ ।