काठमाडौं, ७ असार । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ ।प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको हो ।
‘हरेक तीन महिनामा दुई हप्ता जनता सँगै बिताउने निर्णय गरेका छौं,’ प्रदेश उपसचिव भक्तकुमारी भन्नुभयो, ‘प्रदेश कमिटीका नेताहरू, जिल्ला नेताहरु र पालिका पदाधिकारीहरुले अनिवार्य रुपले यो निर्णय मान्नुपर्नेछ ।’ अभियानका क्रममा जनताका समस्या बुझ्ने, उनीहरूको सुझाव सुन्ने र समस्याहरु समाधानको पहल गरिने लामाले बताउनुभयो ।
‘जनताको सुख–दुस्ख के रहेछ भन्ने बुझ्न त उनीहरूसँगै बस्नुपर्छ, हिँड्नुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमालेलाई जनतासँग जोड्ने यही विधि हो, जुन हामीले अगाडि बढाएका छौं ।’
नेताहरूले यो अभियानका क्रममा रोजेकै क्षेत्रमा जान पाउनेछन् । ‘हरेक तीन महिनामा दुई हप्ता जनताको घरदैलो अभियानमा जानैपर्छ, तर रोजेको क्षेत्रमा जान पाइन्छ’, उहाँले भन्नुभयो । बैठकले समसामयिक ९ बुँदे प्रस्तावहरू पनि पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्