जनता टाइम्स

७ असार २०८२, शनिबार २०:५८

तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु


काठमाडौं, ७ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारामा गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक जना यात्रु घाइते भएका छन् ।

शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना ५ ख ४८६६ नम्बरको यात्रुबाहक बस बेलचौताराको मोडमा पुगेको बेला ढोका खुला भएकै अवस्थामा एक यात्रु असन्तुलन भइ सडकमा खसेका हुन् ।

घटनापछि स्थानीय बासिन्दाले तत्काल घाइतेलाई उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा भर्ना गराएका छन् । घाइतेको अवस्था गम्भीर नरहेको र स्वास्थ्य सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ढोका गुडिरहेको अवस्थामा खुला राखिएकोले दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।