जनता टाइम्स

११ असार २०८२, बुधबार ०९:२८

मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार


ललितपुर, ११ असार । ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हामफालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत १८ वर्षीय आयुष बडाल बुधबार बिहान करिब ६ः४० बजे खोलामा हाम फालेका थिए ।नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रपक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उद्धार गरिएका उनको अवस्था सामान्य छ ।