काठमाडौं, १२ असार । दृष्टि न्यूज डटकमका सञ्चालक एवम अध्यक्ष सम्भु श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पुर्ण इजलासले बिहीबार दुबै जनाको बयान र थुनछेक बहसपछि १५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो । दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गर्नुभएको थियो । भने वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताले बहस गनुभएको छ । इजसालले यहि असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।
सम्भु श्रेष्ठ र एमपी सुब्बालाई २५/२५ हजार धरौटीमा छोड्न विशेष अदालतको आदेश

प्रतिक्रिया दिनुहोस्