काठमाडौं, १२ असार । मदन भण्डारी फाउन्डेशनले यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गर्ने भएको छ ।
आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलले ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय पर्यटन व्यवसायी शेर्पालाई पुरस्कार दिने निर्णय गरेको जानकारी गराउनुभएको हो ।
शेर्पा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँका बासिन्दा हुनुहुन्छ । शेर्पाले झन्डै १५ वर्षसम्म नेपाल पर्वतारोहण सङ्घको नेतृत्व गर्नुभएको थियो । शेर्पालाई पर्सि १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा एक लाख रुपियाँ नगदसहित सम्मान गरिने प्याकुरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्