काठमाडौं, १७ असार । काठमाडौं गएराति देशभर सामान्य वर्षा भएको छ । हिजो दिउँसो कैलाली, कञ्चनपुर लगायतका केही ठाउँमा ठूलो पानी परे पनि राति भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । हिजोको वर्षाले कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, कृष्णपुर, भीमदत्तका केही वस्ती डुबानमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्