जनता टाइम्स

१८ असार २०८२, बुधबार ०६:५४

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा


काठमाडौं, १८ असार । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्णय सुनाउँने मिति आजलाई तोकेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले जेठ २८ गते निर्णय सुनाउने मिति रहे पनि सारेर आजलाई तोकेको थियो ।न्यायाधीशहरू छलफलमै रहेको कारण देखाउँदै निर्णय सुनाउने मिति सारिएको थियो । तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्को बैठक राखेर नियुक्ति सिफारिस गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै असंवैधानिक भएको भन्दै त्यसमार्फत नियुक्ति भएको भए त्यो पनि बदरको माग गरेर ०७७ पुस १ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।